प्रचण्डलाई माओवादीका मन्त्री तोक्ने जिम्मा

  २०७८ असार २९ गते ११:४६     विकासन्युज

काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश अनुसार आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.