२०७८ असार २९ गते १२:४४ विकासन्युज
काठमाडौं । सर्वाेच्च अदालतका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका बडालले आज राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी ओली पदमुक्त भएर शेरबहादुर देउवा प्रधानमन्त्री हुनेभएसँगै बडालले राजीनामा दिएका हुन्।
नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताए । महान्यायाधिवक्ता कार्यालयमा आजै अपरान्ह बडालको बिदाई कार्यक्रम राखिएको छ ।
बडाल सबैभन्दा छोटो महान्यायाधीवक्ता हुने व्यक्ति हुन् ।
तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएपछि बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ चैत २०७७ मा बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.