बालुवाटार सरे प्रधानमन्त्री देउवा

  २०७८ साउन १ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्।

मंगलबार पाचौँ पटक प्रधानमन्त्रीको रुपमा सपथ लिएका देउवा शुक्रबार बिहान ९.५७ बजे बालुवाटार प्रवेश गरेकाे उनको सचिवालयले जनाएकाे छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.