२०७८ साउन १ गते १३:४९ विकासन्युज
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।
गुणस्तरको नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गदै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ । कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने जनाएको छ ।
निर्माण कार्य गर्नुअघि सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित गत वर्ष “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना ल्याएको थियो । कोभिड–१९ का कारण रोकिएको उक्त योजना २०७८ सालमा निरन्तरता दिईएको कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.