२०७८ साउन १ गते १४:०४ विकासन्युज
काठमाडौं । नेकपा एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतामा आज बसेको स्थायी समितिको बेठकले उक्त निर्णय गरेको हो ।
आजको बैठकले पार्टीको निर्णय मान्न समेत सांसदहरुलाई निर्देशन दिएको छ । यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ। पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहरसमेत गरेको छ। यस्तै आजको बैठकले सर्वोच्च अदालतको फैसलाई स्वीकार्ने निर्णय गरेको समेत नेता ज्ञवालीले जानकारी गराए।
Copyright © 2025 Bikash Media Pvt. Ltd.