२०७८ साउन ३ गते १९:१७ विकासन्युज
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन नेकपा एमालेलाई चुनौती दिएका छन् ।
आइतबार संसदमा आफ्ना धारणा राख्दै सत्तामा हुँदा अहंकार देखाएकै कारण बाहिरिनुपरेको बताउँदै अदालतलाई चुनौती नदिन एमालेलाई उनले चेतावनी दिएका हुन् ।
‘अदालतले प्रधानमन्त्री नियुक्ति गरेको होइन, धेरै उड्ने काम पनि नगर्नुस्, ठाउँमा बस्नुस्, सत्ता कसरी चल्छ हामी देखाउँछाैं,’ उनले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.