यति छिट्टै यो देख्नुपर्छ भन्ने लागेको भए गठबन्धनको प्रस्ताव लैजान्नथे: प्रचण्ड

  २०७८ साउन ३ गते १९:४९     विकासन्युज

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यति चाँडै संसद् विघटन र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आउँथ्यो भन्ने लागेको भए आफूले गठबन्धनको प्रस्ताव नै नलग्ने बताएका छन् ।

आइतबार संसद् बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिस्टको सरकार निर्माण, स्थायी सरकार र समृद्धिका लागि भनेर गठबन्धन गरेको भए पनि त्यस्तो हुन नसकेका बताएका हुन् ।

‘जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व होला भन्ठान्यो, र प्रस्ताव लिएर गयो, त्यो मान्छेले बोल्नुपर्दा पार्टी एकता गरौँ, देशमा कम्युनिष्टहरुको राम्रो पकड छ, ठुलो उभार आउला र देशमा विकास आउला, समृद्धितिर देश लैजान सकिएला भनेर एकताको प्रस्ताव राख्ने मान्छेले आज दोस्रोपटक पुनःस्थापित भएको सदनको अगाडि उभिँदा मेरो अनुभूति कस्तो भएको होला भन्ने माननीय सदस्यहरूले बुझ्नुभएकै होला,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.