२०७८ साउन ४ गते १४:५४ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। उनले सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन ।
आजको मन्त्रिपरिषद् बैठकले केही नियुक्तिहरु गर्ने सम्भावना रहेको छ । स्वास्थ्य सचिव बढुवाको निर्णय गर्ने सम्भावना छ। बढुवा समितिले स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिसकेको छ ।
यसअघि शुक्रवार बसेको बैठकले २०७८ जेठ ८ गते प्रतिनिधि सभा विघटन भएपछि भएका नियुक्ति बदर गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.