२०७८ साउन ४ गते १५:२४ विकासन्युज
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच फोनवार्ता भएको छ । परराष्ट्र मन्त्रालयले माेदी र देउवाबीच फोनवार्ता भएको जानकारी दिएकाे हाे ।
मन्त्रालयले ट्वीटमार्फत फोनवार्तामा मोदीले देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको जानकारी दिएको छ ।
यस्तै माेदीले पनि ट्वीटमार्फत फोनवार्तामा कोरोनाविरुद्धको लडाईंमा पनि सहकार्य गर्ने विषयमा कुरा भएको जनाएकाे छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.