२०७८ साउन ४ गते १८:०४ विकासन्युज
काठमाडौं । काभ्रेको मन्डनदेउपुर नगरपालिकाले विद्यालयको पठनपाठन भौतिक रुपमा सुरु गरेको छ । नगरपालिका भित्र रहेका विद्यालयहरुले साउन ३ गतेबाट भौतिक रूपमा नै पठनपाठन सुरु गरेको हुन् ।
नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गर्दै पालिका भित्र रहेका सबै विद्यालयको पठनपाठन स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरुको पठनपाठन भौतिक रुपमा सुरु भएको हो ।
नगरपालिकाले सुरक्षाका न्यूनतम मापदण्ड अपनाई भौतिक दूरी काय गरेर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।
नगरपालिकाले आवश्यकता अनुसार शिक्षण सिकाइका वैकल्पिक उपायलाई समेत जोड दिने बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.