२०७८ साउन ६ गते १६:३९ विकासन्युज
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले चाँडै राहतका प्याकेज ल्याउने बताएका छन् ।
बुधबार नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन् ।
‘यसबारे सरकारले तयारी गरिरहेको उनको भनाई छ । ‘कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको छ, सरकार अर्थतन्त्र उकास्नका लागि प्रयासरत छ, हाम निजी क्षेत्रसँग सहकार्य गरेर नै अगाडि बढ्छौं,’ उनले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.