लामो दुरीका बस सञ्चालनमा सहजीकरण गर्न गृहको परिपत्र

  २०७८ साउन ७ गते ११:५३     विकासन्युज

काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाउदै सहजीकरण गर्न निर्देशन दिएको हो ।

गृहका शाखा अधिकृत रामबहादुर केसीले हस्ताक्षर गरेर पठाएको पत्रपरिपत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न भनिएको छ ।

साउन ४ मा बसेको मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ ।

दोस्रो लहरको कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेबाट लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाईएको थियो । यसअघि नै काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले उपत्यका भित्र सार्वजनिक सवारी सञ्चालनको अनुमति दिइसकेका छन् ।

उपत्यकाका तीन जिल्लामा साउन १० गतेसम्म निषेधात्रा जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.