माफी दिन्छु, आउनुहोस् एकजुट भएर काम गरौं: ओली

  २०७८ साउन ७ गते १६:३६     विकासन्युज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट रहेको समूहलाई आममाफी दिने बताएका छन् । बिहीबार ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ओलीले यस्तो बताएका हुन् ।

‘पद र स्वार्थका कुरा छौडौं । देशका कुरा गरौं जनताको कुरा गरौं । समस्या समाधानका कुरा गरौं। पार्टी एकताका कुरा गरौं। बाटो बिराएका भट्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, आउनुहोस् मिलेर काम गरौं,’ उनले भने ।

मिलेर काम गरौं भन्दै गर्दा उनले नेपाल पक्षका कारण पार्टीले ठुलो धक्का बेहोरेको पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.