२०७८ साउन ८ गते १८:०० विकासन्युज
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा २१ करोड १७ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा ९ हजार ८२५ जनाले उक्त रकम बराबरको सेयरको लागि आवेदन दिएका हुन् ।
उनीहरुले हालसम्ममा कम्पनीको २१ लाख १७ हजार २३७ कित्ता सेयर माग गरेका हुन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको छ । आईपीओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने व्यबस्था गरिएको छ ।
थप समाचार
Copyright © 2024 Bikash Media Pvt. Ltd.