नेपाल इको प्यानल ब्राण्डका ‘इको प्यानल’ छिट्टै बजारमा

  २०७८ साउन १२ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल इको प्यानल ब्राण्डका इको प्यानल चाँंडै नै बजारमा आउने भएका छन् । कम्पनीका अनुसार इकाे प्यानलका प्रडक्टहरु  बजारमा ल्याउने तयारी भइरहेकाे हाे ।  अवको दुई हप्ताभित्र बजारमा आउने गरी इको प्यानलको उत्पादन तीव्र गतिमा तया काम भइरहेको कम्पनीले जनाएको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले अहिले उत्पादनको अन्तिम तयारीमा पुगेको जानकारी गराए । ‘अवको दुईहप्ताभित्रै हामीले उत्पादन थाल्ने योजना राखेका छौं, उनले भने । उनका अनुसार इपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुनेछ ।

कम्पनीले नेपालमै पहिलो पटक इनोभेटिभ इको प्यानल एरेटेड स्यानवीच इको प्यानल (दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट वोर्ड र वीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर) बनाइने दावी गरेको छ । जसलाई चलनचल्तीको भाषामा एरेटेड स्यानवीच इको प्यानल पनि भनिन्छ । कम्पनीले निकट भविष्यमा यूपीभीसीका झयालढोका पनि उत्पादन गर्ने जनाएको छ ।

इको प्यानल उद्योगका धेरै विशेषताहरुमध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुने जनाइएको छ । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ । अर्थात् इको प्यानलको उत्पादनमा डिजेललगायतका प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गर्ने जनाएको हो ।

कम्पनीको वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने रहेको जनाइएको छ । कम्पनीको कारखाना भक्तपुरको झौखेलमा रहेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिन लिजमा लिई अहिले त्यहाँं कारखान राखिएको थियो । कम्पनीले यस अगाडि नै सामान उत्पादन गर्ने योजना राखेको थियो । तर लकडाउनका कारण केही ढिला भएको कम्पनीले जनाएको छ । झण्डै दस करोड लगानीमा सञ्चालन हुने लागेको यो नेपालकै ठूलो इको प्यानल उत्पादन कम्पनी हुने जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.