२०७८ साउन १२ गते १६:५० विकासन्युज
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
थप १ हजार ७ सय ७८ जना निको भएका छन् । हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २८ हजार ८३६ सक्रिय संक्रमित आइसोलेसन र ३५६ जना क्वारेन्टाइनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७७४ जना कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।
त्यस्तै उपत्यकामा अहिले ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना रहेका छन्।
Copyright © 2025 Bikash Media Pvt. Ltd.