मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई

  २०७८ साउन १३ गते १२:०५     विकासन्युज

काठमाडाैं । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिएकाे छ । बुधबार बिहान बसेकाे बैठकले विभिन्न मन्त्रालयकाे मन्त्रि छान्ने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेकाे हाे ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए ।

माधवकुमार नेपाल बैठकमा अनुपस्थित रहे पनि उनकाे तर्फबाट विजय पौडेल उपस्थित थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.