२०७८ साउन १३ गते १६:५९ विकासन्युज
काठमाडौं । हंगेरी सरकारले नेपाल सरकारलाई कोभिडवरुद्ध लड्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छ । हंगेरी गणतन्त्रका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासले उक्त सहयोग सामाग्रीले नेपालमा कोभिड(१९ विरुद्ध अग्रपंक्तिमा रहि काम गर्ने व्यक्तिहरुका लागि सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.