२०७८ साउन १४ गते ९:४६ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरले आजदेखि ५० वर्ष माथिका उमेर समूहलाई कोरोनाविरुद्ध खोप लगाउने भएको छ ।
महानगरका सूचना अधिकारी वसन्त आचार्यले ५० वर्ष माथिका उमेर समूहलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन लागिएकाे जानकारी दिएका हुन् ।
आचार्यकाे अनुसार आजदेखि खाेप बाँकी रहुन्जेलसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाइने छ । उनको अनुसार खोप लगाउनको लागि उमेर खुल्ने कुनै पनि कागजपत्र लिएर जानुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.