२०७८ साउन १७ गते ११:२५ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल सकिँदै छ । आगामी साउन २५ गतेदेखि कार्यकाल सकिन लागेपछि उनी विदामा बसेका छन् ।
यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी सुन्दरप्रसाद कडेलले पाएका छन् । साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी ताेकेकाे हाे ।
कामु सीईओ कडेलले आगामी साउन २६ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)काे जिम्मेवारीमा छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.