क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न प्रधानमन्त्रीकाे निर्देशन

  २०७८ साउन १८ गते १०:४५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्देशन दिएका छन् ।

देउवाले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागु गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको सीसीएमसीको बैठक सिंहदरबारमा बसेको थियो । उक्त बैठकमा केही देशले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रधानमन्त्रीले क्यूआर कोड लागू गर्न निर्देशन दिएका हुन् ।

सकेसम्म छिटो क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण शुरू गर्ने सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले जानएका छन् । स्वास्थ्य मन्त्रालय र सीसीएमसी बसेर एउटा मोडालिटीमा लगेर छिटोभन्दा छिटो कार्यान्वयन गर्ने उनले बताए ।

क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण नहुँदा नेपालीहरुले दुख पाएका कारण यो सेवा शुरू गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.