मकवानपुरको भैँसे–भीमफेदीमा यातायात पुन: सञ्चालन

  २०७८ साउन १८ गते १२:५४     विकासन्युज

मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ आज मध्याह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध हुँदा हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौं जाने सुमो जीपलगायतका हलुका सवारी साधन आज बिहानैदेखि भैँसेमा रोकिएको प्रहरीले जनाएको छ ।

करिब छ घण्टासम्म रोकिएका सयौँ हलुका सवारीसाधन भैँसे–भीमफेदी सडक सञ्चालनमा आएपछि काठमाडौँतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.