डा‍.जागेश्वर गौतमलाई प्रसुती गृहमै फकाईयो

  २०७८ साउन १८ गते १६:१०     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई फिर्ता बोलाएको छ । सोमबार राज्यमन्त्रीस्तरीय बैठकले डा. गौतमलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

पछिल्लो समय गौतमका विरुद्ध वीर अस्पतालका कर्मचारीहरु आन्दोलन भएपछि मन्त्रालयले गौतमलाई फिर्ता बोलाएको हो । आइतबार भत्ताको माग गर्दै गौतमसँग पुगेका स्वास्थ्यकर्मी र कर्मचारीमाथि डा. गौतमले प्रहरी बोलाएर कुटपिट गराएको कर्मचारीले आरोप लगाएका छन् ।

डा. गौतमले वीरबाट आफूलाई हटाएकोमा कुनै पछुतो नरहेको बताएका छन् ।

मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाइै बीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड अस्पतालबाट थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।

जेठ १० गते डा। गौतमलाई स्वास्थ्य मन्त्रालयबाट कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रुपमा सरुवा गरिएको थियो । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा जानुअघिसम्म डा.जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ता थिए ।

सरकारले गत ६ जेठमा ल्याएको अध्यादेशले वीर अस्पताललाई केन्द्रीय युनिफाइड अस्पताल बनाइएको हो । युनिफाइड अस्पताल बनाएपछि अस्पताल सञ्चालनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.