सर्वोत्तम सेयर विवादः ढकाल धितोपत्र बोर्ड जानु अगाडि नै कारोबार, ‘समाचार भ्रामक’

  २०७८ साउन १८ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वोत्तम सिमेन्टको प्रमोटर सेयर खरिद गरेको सम्बन्धि आएको समाचार भ्रामक भएको जनाएको छ । सो सम्बन्धि वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण गर्दै महासंघले उक्त समाचार गलत भएको दावी गरेको छ ।

नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मंसिर ३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उनको बोर्ड बैठकमा २०७७ माघ ११ देखिमात्र उपस्थिति रहेको महासंघले जानकारी गराएको छ ।

उनीसँग उनका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मंसिर १४ मा) सेयर कारोबार गरेका महासंघले थप प्रष्टाएको छ ।

यससँगै महासंले आज (साउन १८ गते) सोमबार एक विज्ञप्ति जारी गर्दै यो विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पुर्याउने हुँदा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन समेत महासंघले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.