२०७८ साउन १८ गते १६:५९ विकासन्युज
काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ दलका तीन नेताबीच बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक सुरु भएको हो ।
उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो ।
छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.