म्याद सकिएकाे कस्मेटिक सामग्रीमा नयाँ मिति राख्ने २ जना प्रक्राउ

  २०७८ साउन १९ गते १२:०१     विकासन्युज

काठमाडौं । म्याद सकिएका कस्मेटीक सामग्रीमा नयाँ मिति राखेर (रिलेबलिङ) पुनः बिक्री गर्ने २ जनालाई प्रक्राउ गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल प्रहरीको संयुक्र टोलीले भारतीय नागरिक सहित एक नेपालीलाई प्रक्राउ गरेको हो ।

आईतबार गोप्य सूचनाका आधारमा सानो भ¥याङमा रहेको समिट कमर्सियल प्रालिमा छापा मारेको थियो । उक्त कम्पनीमा म्याद समाप्त भएका कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग हुने वस्तुहरूमा नयाँ लेबल लगाई विक्री वितरण गरेको भेटिएपछि गोदाममा शिलबन्दी गरिएको थियो ।

कम्पनीमा शिलबन्दी गरेर दुई जना सञ्चालक अविनास अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।

उनका अनुसार उनीहरुले भारत लगायतका देशबाट उक्त सामग्री आयात गरी खुद्रा तथा होलसेललाई बिक्री वितरण गर्ने गरेका थिए । उनीहरुले म्याद सकिएका वस्तु कहिलेदेखि पुनः नयाँ मिति राखेर बिक्री गरे, बिक्रीको अन्य व्यक्तिको सहभागीता लगायतका विषयमा अनुसन्धान भइरहेको जनाईएको छ ।

यसअघि गत असोजमा रेलेबलिङमा सम्लंन गिरोहलाई प्रक्राउ गरेर कैद सजाय समेत तोेकिएको थियो । उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैद सहित आर्थिक जरिवाना गरेको थियो ।

बजारमा म्याद सकिएका खाद्य वस्तुसंकलन गर्ने र विभिन्न स्थानमा घर भाडामा लिएर पुनः नयाँ म्याद राख्दै गर्दा पक्राउ गरिएको थियो । उक्त समयमा रिलेबलिङमा देशकै ठूलो व्यापारीक घरानाका व्यक्तिहरुको संग्लङ देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.