काठमाडौंमा थप एक साता निषेधाज्ञा हुने, के भयो नयाँ व्यवस्था ?

  २०७८ साउन १९ गते १७:०६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको बताइएको छ । पहिलेकै निर्णयहरूलाई कडाइका साथ पालना गर्ने गरी एक हप्ता निषेधाज्ञा थपेको बताइएको हो ।

अहिलेको निषेधाज्ञाले सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरीलगायत भीडभाड हुने ठाउँ खोल्न प्रतिबन्ध लगाएको छ। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.