२०७८ साउन २१ गते ११:३१ विकासन्युज
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभर लैजाने विषयमा निजी क्षेत्रको संलग्ना नरहेको जनाएको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै इजरायलमा पठाईने कामदारको छनौट प्रकृयामा कुनै पनि निजी क्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमका र संलग्नाता नरहेको भन्दै नेपाल सरकार र इजराल सरकारबीचको सम्झौता अनुसार छनोट हुने जनाएको हो ।
विभागले पछिल्लाे समय नेपाली श्रमिक छनौट गरी पठाउन नेपाल सरकारसँग आप्नो सम्झौता भएकाे छ भनी केही सामाजिक सञ्चाल प्रयोग गरी आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारी भ्रम फैलाई रकम उठाउने कार्य भइरहेको पाइएकाे जनाएकाे छ ।
इजरायल रोजगारीका लागि पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजान अनलाइन आवेदन खुला भएसगैँ पछिल्लो समय विचौलिया सलबलाउन थालेका छन् ।
इच्छुक व्यक्तिले कुनै निजी व्यक्ति वा संस्थासँग सम्पर्क नगरी विभागको वेबसाइमा रहेको सूचना अध्ययन गरी तोकिएको मितिभित्र फाराम भर्न विभागले भनेको छ ।
विभागले यही साउनको १२ गते सूचना जारी गरी आवेदन माग गरेको थियो । सूचना जारी भएको २१ दिनभित्र अनलाइनबाट आवेदन दिने सकिनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.