२०७८ साउन २१ गते १३:१४ विकासन्युज
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन् ।
बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरु सँगको छलफलमा मन्त्री भुसालले आफुले गरिबीको रेखा मुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी आफुले तयारी अगाडी बढाएको बताइन् ।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभुत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर नि:शुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निस्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्धेश्यद्धारा त्यसको तयारी गरेको छु मैले ।’
ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भुमिमा सिँचाई पु¥याउनको निम्ति पनि आफु क्रियाशिल रहने र सिँचाईको निशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने बताइन् ।
सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।
‘सबै कृषि योग्य जमिनमा सिँचाई पु¥याउने । सिँचाईलाई पनि हामीले आधारभुत र निशुल्क ढंगले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाई गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पद्धार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो,’ उनले भनिन् ।
उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.