रत्न तुलाधरको सभापतित्वमा सूचना प्रविधि समिति गठन

  २०७८ साउन २२ गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि समिति गठन गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा उक्त समिति गरेका हुन ।

उक्त समितिका सल्लाहकारमा बिनोद ढकाल तथा दीपेश प्रधान र ९ जना सदस्य नियुक्त गरिएको छ । सदस्यहरुमा प्रदीप लामिछाने, अकवर हुसेन, संजीव कुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त वराल र नबिन जोशीलाई मनोनयन गर्दै मनोनयन पत्र दिईएको छ ।

चेम्बरका अध्यक्ष मल्लल यस क्षेत्रको प्रवद्र्धनका लागी सूचना प्रविधि क्षेत्रसंग आवद्ध सवै निकायहरु लाग्नु पर्ने बताउँदै उक्त समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव रहेका व्यक्तिलाई प्रतिनिधित्व गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.