२०७८ साउन २९ गते ११:३३ विकासन्युज
काठमाडौं । ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख २० हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । महानगरले एक सार्वजनिक सूचना प्रकाशन गर्दै उक्त सहयोग गर्ने जनाएको हो ।
सूचना अनुसार ललितपुर महानगरपालिका भित्र स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ बाट संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले सहयोग गर्ने निर्णय गरेको हो ।
त्यस्तै आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई ६० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ जितेकाहरूलाई ३० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
यसका साथै कोभिड संक्रमण मुक्त भई डिस्चार्ज भए पश्चात् कुनै कारणले मृत्यु भएमा ६० देखि ३० हजार रुपैयाँसम्म महानगरले रकम दिने पनि सूचनामा उल्लेख छ ।
महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.