सरकारी कागजातको सुरक्षाका लागि निःशुल्क खाम वितरण

  २०७८ साउन २९ गते १७:२२     विकासन्युज

काठमाडौं । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले व्यत्तिगत घटना दर्ता र दर्ता कागजको सुरक्षाका लागि कागजसँगै खाम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले नागरिकको अत्यन्त महत्वपूर्ण सरकारी कागजातहरूको दिगो सुरक्षाका लागि कागजसँगै खाम उपलब्ध गराउने भएको हो ।

प्रत्येक वडा कार्यालयबाट जारी हुने जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ, विवाहदर्ता जस्ता नागरिकको अत्यन्त महत्वपूर्ण सरकारी कागजातहरूको दिगो सुरक्षाका लागि कागजसँगै खाम उपलब्ध गराउन थालेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वेबसाईट, इमेल र फेसबुक पेजको ठेगाना समेत प्रिन्ट गरिएमा पनि उक्त खाम प्लास्टिकको रहने र यो खाम निःशुल्क उपलब्ध हुनेछ ।

गाउँपालिकाले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी दिने छात्रवृत्ति प्राप्तिको पहिलो पटक आवेदन दिन आएका वडा नं १ का सिनामका अतीत अधिकारीलाई सो खाम उपलब्ध गरी पालिकाले यो अभियानको सुरुआत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.