२०७८ भदौ १ गते १९:०५ विकासन्युज
काठमाडौं । यो रक्षाबन्धनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भइसकेको छ ।
यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् । ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाटअनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक ९रु ५०० सम्म०,साथैे माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु ५०० सम्म)को छुट पाउनेछन् ।
स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजना समेत ल्याएको छ । साथै पफ्र्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छु्टको अफर ल्याएको छ ।ग्राहकहरुले अफर प्राप्त गर्नका लागिस्मार्टडोको एप डाउनलोड गर्नुपर्ने हुनेछ वा स्मार्टडोको वेबसाईटमा गई अर्डर गर्नुपर्ने छ।
स्मार्टडोकोसँग हाल विभिन्न क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्ट र विभिन्न सब क्यागेटोरीमामा सामान उपलब्ध छन् । जसमा ग्राहकले सहज ढंगले आफूलाई मन पर्ने प्रडक्टहरु बेबी केयर, इलेक्ट्रिोनिक्स, फूड तथा ग्रोसरी, कोभिड इसेन्सियल, हेल्थ एण्ड ब्यूटी तथा होम एण्ड लिभिङलगायतका विभिन्न प्रडक्ट खरिद गर्न सक्नेछन् ।
स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ । यो अफर भदौ २देखि भदौ ०५ गतेसम्म लागू हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.