महानगरकाे वडा नं. १२ काे कार्यालय भवनको शिलान्यास, अपाङ्गमैत्री हुने

  २०७८ भदौ २ गते १६:४९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १२ कार्यालय भवनको शिलान्यास गरेको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा नगरप्रमुख विद्यासुन्दर शाक्यले आज सांस्कृतिक पूजा गर्दै उक्त भवनको शिलान्यास गरेका हुन् ।

वडा भवन निर्माणमा भ्याटसहित वडाको लागत ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ अनुमान गरिएको थियो । तर, उक्त भवन निमार्ण भ्याटसहित ३ करोड २० लाख ५१ हजार ६ सय ७० रुपैयाँ हुने बताइएकाे छ ।

वडा कार्यालयको भवन जमिन तलासहित ६ तले निर्माण हुने भएको हो । पचली क्षेत्रमा भवन बनाउने योजना सार्दा ढिला भएकाे मेयर शाक्यले बताएका छन् ।

महानगरमा जनप्रतिनिधि आइसकेपछिको पहिलो कार्यपालिका बैठकमा महानगरको व्यवस्थित सेवाका लागि केन्द्रीय र वडा भवन निर्माण गर्ने सर्वसम्मत निर्णय भएकाे थियाे । त्यही निर्णय कार्यान्वयनका क्रममा आज वडा १२ को कार्यालय भवन शिलान्यास गरिएको पनि शाक्यले बताए ।

उक्त भवन अपाङ्गमैत्री हुने पनि शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.