ताप्लेजुङको सरीजङ्घा गाउँपालिका बन्याे सबैभन्दा कम बेरुजु भएको स्थानीय तह

  २०७८ भदौ ६ गते १४:५२     विकासन्युज

काठमाडौं । ताप्लेजुङको सरीजङ्घा गाउँपालिका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु भएको स्थानीय तह भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा ०.०६५ अर्थात् ०.०७७ प्रतिशत रकम बेरुजु देखिएको हो ।

कम बेरुजु हुने ४ सय ६० गाउँपालिकाको सूचीमा यस गाउँपाकिला प्रथम स्थानमा रहेको छ ।

वित्तीय सुशासनको एउटा महत्वपूर्ण सूचक बेरुजु पनि हो । आगामी दिनमा अझै कम बेरुजु अर्थात् शुन्य बेरुजु भएको गाउँपालिकाको रुपमा दर्ज गर्ने चुनौती यो तथ्यांकले सुम्पिएको छ ।

बेरुजु कम भएपछि औपचारिक तथा अनौपचारिक तवरले यो तथ्यांक प्राप्तिमा सहयोग पुर्याउने सबैलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.