सूर्य नेपालद्वारा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई शव वाहन सहयाेग

  २०७८ भदौ १४ गते १८:४१     विकासन्युज

काठमाडाैं । सूर्य नेपालले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई शव वहान उपलब्ध गराएको छ ।

जिल्लामै शववाहन नहुदा शव व्यवस्थापनमा समास्याका साथै सेवाग्राहीले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शववाहन उपलब्ध गराएको हो । प्राप्त शववाहन तनहुँका १० वटै पालिकाहरुले उपयोग गर्नेछन् ।

सोमबार एक कार्यक्रमकाबीच जिल्ला कोभिड व्यवस्थापन केन्द्र तनहुँका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई कारखाना व्यवस्थापक बाबुराम कार्कीले शववाहनको चाबी हस्तान्तरण गरेका थिए । त्यसलगत्तै अस्पतालका बोर्ड सदस्य समेत रहेका सीडीयो आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभरनै शववाहन नहुँदा कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या भएपछि सुर्य नेपालसँग सहयोग माग भए बमोजिम हाल उपलब्ध भएको बताए ।

अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्यले सबैको साथ र सहयोगले जिपीको स्तरोन्नती भइरहेको उल्लेख गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनाली, कम्पनीका प्रतिनिधि गौतम यादब, अन्जन दुवाडी, हुमनाथ अर्याल लगायतको सहभागिता रहेको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. श्रेष्ठले शव वाहनले नियमित सेवा दिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.