खसीबोका पोहोरकोभन्दा ९० रुपैयाँ महंगो (मूल्य कति ?)

  २०७८ असोज २२ गते १६:१८     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसीतथा बोकोको मूल्य निर्धारण गरेको छ । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो ९० रुपैयाँ बढाएको हाे ।

गत वर्ष प्रतिकिलो ५५० रुपैयाँमा बिक्री गरेको कम्पनीले यस वर्ष मूल्य बढाएर ६४० रुपैयाँ बनाएको हो । कम्पनीले किलोमा दश रुपैयाँ छुट दिदैँ जिउँदो खसीबोकाको मूल्य ६४० रुपैयाँ निर्धारण गरेको हो ।

कम्पनीले यस वर्ष २ हजार खसीबोका बिक्री गर्ने तयारी गरेको छ । जसअनुसार पहिलो लटमा दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा गरी ५३१ खसीबोका शुक्रबार बिहान थापाथली बिक्री काउन्टरमा ल्याईएको छ ।

बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.