२०७८ कार्तिक ५ गते १४:०६ विकासन्युज
काठमाडौं । नेपालले भुकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव विश्वसामू अवगत गराउन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए ।
नेपालको पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन, २०२१ राजधानीको हायात होटलमा आयोजना हुनेछ । ६ वर्ष अघिको भुकम्पले भत्काएका संरचनन निर्माण गर्न प्राधिकरणले पाएको समय पुस ९ गते पूरा हुँदैछ त्यसलगत्तै प्राधिकरण खारेज हुँदैछ ।
यस अवधिमा नेपालले उल्लेखनीय उपलब्धि हासिल भएको र अनुभव पाएकामा त्यसलाई विश्वसामु जानकारी गराउन र भावी पुस्तालाई अनुभव हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । सरकारले बजेटमार्फत सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो ।
सम्मेलनले भविष्यमा यस्तै विपत्तिको पूर्वतयारी कसरी गर्ने भन्ने पनि सिकाउने छ ।
सो सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका रहने जनाईएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.