२०७८ कार्तिक २९ गते १६:४८ विकासन्युज
काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिकाका वडा नं ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय साढे १ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्दिबास टोलीले सूचनाको आधारमा साह र रायलाई वडा नं ७ स्थित साहक कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरेको हो ।
उनीहरुले ढलानसम्बन्धी काम सम्पन्न भएपछि उपभोक्ता समितीलाई सिफारिस गरिदिए वापत घुस मागेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.