२०७८ कार्तिक २९ गते १७:५५ विकासन्युज
बारपाक सुलिकोट गाउँपालिका गोरखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । यस गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्ट हुन् । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि विकास निर्माणको कामले गति लिएको छ । यो अवधिमा सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । भौतिक पूर्वाधार विकाससँगै गाउँवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको पनि अध्यक्ष भट्ट बताउँछन् । कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा उनी सञ्चालन गरेका पुरा नभएका अधुरा योजनाहरू पुरा गर्ने तर्फ पनि लागेका छन् । उनै अध्यक्ष भट्टसँग चार वर्षको अवधिमा गाउँपालिकाले गरेको उपलब्धि, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ः
तपाईंले स्थानीय तहको नेतृत्व सम्हाल्नुभएको पनि चार वर्ष पुरा भएको छ, यो अवधिभर देखिन लायक के–के काम गर्नुभयो ?
स्थानीय सरकार सञ्चालन भएपछि पालिकाको समग्र क्षेत्रमा प्रगति भएको छ । हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं । गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ । उक्त भवनको काम मंसिर महिना भित्रमा सम्पन्न हुन्छ । मेरो कार्यकाल भित्र नै ३ ओटा वडाका भवनहरू निर्माण भएका छन् । एउटा गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था थियो । वडा कार्यालय जाने सडक थिएन । हामीले सबैभन्दा पहिला पालिकाबाट हरेक वडा जोड्ने सडक बनायौं । मुख्य सडकहरू चौडा गर्ने काम सम्पन्न भएको छ । प्रदेश र स्थानीय सरकारको पहलमासडक कालोपत्रे हुने क्रममा छ । १५ शैयाको अस्पताल निर्माण हुँदै छ । गाउँमै सिंहदरबार आएको जनताले अनुभव गर्न पाएका छन् । हामी निर्वाचित भएपछिको अवधिमा गरिएका यी काम नागरिकले राम्रै अनुभूति गर्ने काम हुन् जस्तो लाग्छ ।
यसका साथै पालिकाले शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन गर्नका लागि प्राविधिक शिक्षालाई बढि महत्व दिएको छ । ‘एक घर एक धारा’ खाने पानी अभियान सञ्चालन गरी ७० प्रतिशत भन्दा धेरै घरधुरीमा खानेपानी पुर्याउने काम भएको छ । पालिका भित्र केन्द्रीय विद्युत् विस्तार गर्ने प्रक्रिया अगाडि बढेको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । कृषि क्षेत्रका विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । पर्यटन क्षेत्रमा पार्क, पोखरी निर्माण भएका छन् । महिलालाई आयआर्जनसँग जोड्ने, चेतनाको विकास गर्ने कार्यक्रम अघि सारेका छौं । टोल सुधारमार्फत टोलको समस्या समाधान गर्न कार्य योजना बनाएर काम गरेका छौं ।
अनि चुनावी बाचा कति पुरा गर्नु भयो नि ?
निर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं भनेका थियौं । अहिले ती काम गरिरहेका छौं । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखा परेको छ । प्रतिकूलताकै बिचमा गाउँपालिकाका धेरै काम गर्न सफल भएका छौं भने चुनावी बाचा पनि धेरै हदसम्म पुरा गर्न सफल भएका छौं ।
विकास निर्माणका सिलसिलामा के–कस्ता चुनौती सामना गर्नुर्याे ?
सङ्घीयता कार्यान्वयनको सुरुवाती चरणमा काम सुरु गर्नुपर्ने भएको कारण धेरै चुनौती सामना गर्नुर्याे । सीमित बजेट, कर्मचारीको अभाव, दुर्गम र विकट भूगोल, सञ्चारमा अवरोध, शून्यमा रहेको पूर्वाधार विकास, गाउँपालिकालाई भौतिक संरचना नहुनुलगायतका समस्या थिए । आन्तरिक स्रोतको कमी थियो । यो समस्या पनि जटिल रूपमा थियो । अहिले पनि अरूलाई त्यसरी सोच्ने गर्दा विकासका काममा अप्ठ्यारो भएको छ। नयाँ प्रणालीमा काम गर्नुपर्ने भएकाले पनि केही अनुभवको कमीले चुनौती छ। जनताका चाहना धेरै छन् । साधन, स्रोत र जनशक्ति अभावले काम गर्न चुनौती छ। जनताका चाहना र आवश्यकताका आधारमा बिस्तारै विकासको गतिविधि अगाडि बढाएका छौं ।
तपाईंले चार वर्ष गाउँप्रमुखका रूपमा कार्यभार सम्हाल्दाको अनुभव कस्तो रह्यो ?
हाम्रो उक्तसाहजनक अनुभव रह्यो भन्नु पर्छ । स्थानीय सरकारको हैसियतमा हामी जनताका समस्या कस्ता हुँदा रहेछन् भनेर गहिरो ढंगले अध्ययन गरेर समाधान गर्ने काममा लागिरह्यौं । जनताको सेवाको निमित्त एउटा महत्वपुर्ण अवश्र भएको मैले अनुभव गरेको छु ।
तपाईंको बिचारमा स्थानीय स्थानीय तहलाई अझै सक्रिय अथवा अबल बनाउन के गर्नुपर्छ ?
स्थानीय तहलाई अझै अबल बनाउनको लागि पहिलो कुरा त संविधानको अनुसूचीमा भए अनुसारको एक अधिकार कामहरू स्थानीय तह आफैलाई सगाउनको लागि संघ र प्रदेश सरकार तयार हुनु पर्यौ । संविधानमा लेखिएका कुराहरूमा हस्तक्षेप गर्ने प्रकारको व्यवहार संघ र प्रदेश सरकारको तर्फबाट राजनैतिक पाटेको एकल तहको नेतृत्वबाट जुन भई राखेको छ । कर्मचारी वर्गबाट भ्न अनुवाद जस्तो छ । यो कुरा सचिनु आवश्यक छ ।
कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नु भयो कि भएन ?
हामी निर्वाचित भएपछि पालिकामा जति विकास निर्माणको काम गर्छौं भनेका थियौं त्यो अनुसार काम हुन सकेन । स्थानीय तहको नयाँ संरचना, कर्मचारीको व्यवस्थापन, ऐन कानुन बनाउन केही समय लाग्यो । यस पश्चात् हामीले पालिकामा विकास निर्माणको कामलाई तीव्रता दियौं । हामीले गरेका कामबाट नागरिकहरू पनि सन्तुष्ट भएको पाएको छु । निर्वाचित भएर आएपछि पालिकामा शून्य अवस्थाबाट विकास काम सुरु गरेका थियौं । त्यसपछि तत्कालको आवश्यकता पहिचान गरेर काम सुरु गर्यौं । हामी सोचेको सबै काम पूर्ण रूपमा गर्न सकिएन तथापि पनि पालिकाको स्रोत, साधन र बजेटले भ्याएसम्म विकास निर्माणको काम गरेका छौं । हालसम्मको पालिकामा भएको विकास तथा काम हेर्दा सन्तोष जनक हिसाबको काम भएको अनुभूति छ मलाई ।
अन्त्यमा गाउँपालिकावासीलाई भन्नुपर्ने केही छ ?
म के भन्न चाहन्छु भने विकासको काममा सबैको रचनात्मक सहयोग चाहियो । विकासमा जनताको निगरानी हुनुपर्छ । गाउँपालिकाले गरेको कामको निगरानी जनताले गर्नु पर्याे । पालिकाले काम गर्दैगर्दा कुनै ठाउँमा गल्ती भएको छ भने जनताको तर्फबाट राह्य सुझाव सल्लाह पालिकालाई हुनुपर्छ । नागरिकको साथ र सहयोग मिलिरहने छ भन्ने कुराको अपेक्षा गरेको छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.