मादी नगरपालिकामा ७ कराेड लगानीमा गुराँस पार्क र पदमार्ग बन्दै

  २०७८ कार्तिक ३० गते १८:१२     विकासन्युज

काठमाडौं । संखुवासभाको मादी नगरपालिकाले पर्यटन विकासकाे लागि गुराँस पार्क र पदमार्ग निर्माण गर्ने भएको छ । नगरपालिकाले पदमार्ग निर्माणको लागि डीपीआर गरी ७ करोड रुपैयाँको बजेट टेन्डर प्रक्रिया अगाडि बढाएको छ ।

पर्यटन प्रवद्र्धनका लागि मादी ओखरबोटेदेखि लाम पोखरीसम्म पुग्ने पदमार्ग टेन्डर भइसकेपछि निर्माण सुरु गर्ने नगरपालिकाका नगर प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।

लिंथेपकाे अनुसार उक्त याेजनामा ३ वर्षभित्रमा ६ करोड ९८ लाख रुपैयाँ बजेट खर्च गर्ने नगरपालिकाको योजना रहेको छ । उक्त पदमार्ग बनाउनको लागि पर्यटन मन्त्रालयले ४ करोड ५४ लाख रुपैयाँ र नगरपालिकाको तर्फबाट २ करोड ४४ लाख रुपैयाँ लगानी गर्ने मेयर लिंथेपले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.