२०७८ मंसिर ३ गते ११:५३ विकासन्युज
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । सञ्चालक रेशम थापा कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् ।
यससँगै, दुबै सञ्चालकले मंसिर ३ गतेदेखि नै इन्स्योरेन्समा आफ्नो जिम्मेवारी सम्हाल्दै छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.