२०७८ मंसिर ६ गते १८:०५ विकासन्युज
काठमाडौं । वीर अस्पताल, मनमोहन कार्डियो अस्पताल र बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा मिदासले अनलाइन अपोइन्टमेन्ट सेव सुरु गरेको छ ।
आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजी यि ३ वटा अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको हो ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने मिदासले जनाएको छ ।
सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीको मेरो डाक्टर मोबाइल एप तथा वेभ मार्फत अनलाइन ओ.पी.डी. टिकट सेवा लिन सकिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.