चाबहिल र मित्रपार्कमा ३ वटा आकासे पुल बनाउँदै महानगर

  २०७८ मंसिर ६ गते १७:५१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ३ स्थानमा आकासे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाले यात्रुको बढी चाप हुने स्थान ७ र १७ नं. वडामा पुल निर्माण गर्ने लागेको हो ।

वडा नं. ७ चाबहिल र बौद्ध जाने बाटोतर्फ र चाबहिल मित्रपार्कमा आकासे पुल निर्माण हुन लागेको काठमाडौं महानगर पूर्वाधार विकास विभागका प्रमुख राम बहादुर थापाले बताए । उक्त पुल निर्माणको लागि एक करोड ८८ लाख ८५ हजार रुपैयाँ बजेट रहेको उनले जानकारी दिए ।

उनका अनुसार अर्का् पुल वडा नं. १७ विष्णुमती लिङ्करोडमा बन्ने भएको छ । यो पुल ७८ लाख ४८ हजार रुपैयाँ बजेटमा निर्माण हुने विभागका प्रमुख थापाले बताए । यी तीन पुल टेन्डर भएर ठेक्का प्रक्रियामा अगाडि बढेका छन् । उक्त पुल निर्माणको कार्य ठेक्का भएको २ वर्षपछि सम्पन्न हुने उनले बताए ।

थापाकाे ट्राफिक व्यवस्थापन र यात्रुको सहजताका लागि महानगरले आफ्नै लगानीमा आकासे पुल बनाउन लागेको हाे । ती तीन ठाउँमा आकासे पुल निर्माण भएपछि अन्य ठाउँमा पनि महानगरले पुल निर्माण गर्ने थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.