एक करोड ७६ लाखमा बन्याे केपिलासगढी गाउँपालिकाकाे भवन

  २०७८ मंसिर १४ गते १३:०८     विकासन्युज

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशानिक भवन निर्माणको काम सम्पन्न गरेको छ । गाउँपालिकाले प्रशानिक भवन निर्माणको काम सम्पन्न गरी नव निर्मित भवन साेमबार(मंसिर १३ गते) उद्घाटन गरेको हो ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी)ले उक्त भवनके उद्घाटन गरेका हुन् ।

आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको भवन एक करोड ७६ लाख ५४ हजार ९ सय २० रुपैयाँ ४५ पैसा लागतमा निर्माण सम्पन्न भएको हो । उक्त भवनमा सभाहल सहित १३ वटा प्रशासनिक कोठाहरू रहेका छन् ।

गाउँपालिकाले भवन निर्माण गरी देखि सार्वजनिक सेवा समेत नयाँ भवनबाट सुरु भएको छ । एकद्वार प्रणाली लागू गर्दै विषयगत सबै शाखा, उपशाखाहरू नयाँ भवनमा समेटिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.