२०७८ मंसिर २९ गते १७:२४ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई ४२ वटा बडि वर्न क्यामेरा दिएको छ । २७ औं महानगर दिवसको अवसरमा नगर प्रहरीलाई उक्त क्यामेरा महानगले दिएको हो ।
महानगर प्रहरीका प्रमुखलाई मेयर विद्या सुन्दर शाक्यले उक्त क्यामोरा हस्तान्तरण गरेका छन् ।
उक्त क्यामेरा नगर प्रहरीले आफ्नो शरीरमा राखी उनीहरू गएको ठाउँको तथ्याङक लिन र एकै ठाउँमा बसेर त्यस ठाउँको बारेमा बुझन सहज हुने महानगरपालिकाले बताएको छ ।
उक्त क्यामेराले अडियो र भिडियो दुवै रेकर्ड गर्ने महानगरले जनाएकाे छ । महानगरमा हाल २ सय जना नगर प्रहरीहरू रहेका छन् ।
महानगरले सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित २७ औं महानगर दिवस मनाएको छ । दिवसको अवसरमा महानगरले निःशुल्क कोभिड परीक्षण पनि गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.