२०७८ पुष ८ गते १९:२२ विकासन्युज
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिकालाई रानीपोखरीको भित्री खण्ड हस्तान्तरण गरेको छ ।
भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानी पोखरीको भित्री खण्डको पुनः निर्माणको काम सम्पन्न भइसकेपछि प्राधिकरणले महानगरलाई हस्तान्तरण गरेकाे हो । प्राधिकरणले रानीपोखरीमा एक कार्यक्रम गर्दै महानगरलाई भित्र खण्ड हस्तान्तरण गरेको हो ।
२०७५ माघ १४ मा रानीपोखरी पुनः निर्माणको जिम्मा प्राधिकरणलाई दिइएको थियो ।
रानीपोखरीको पुनर्निर्माण काम प्राधिकरणले २ खण्डमा अगाडि सारेको थियो । उक्त खण्ड मध्ये भित्री भाग मात्र पुनः निर्माण गरिसकेकोले महानगरलाई हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ ।
रानीपोखरीको बाहिरी खण्ड काम पनि ९० प्रतिशत सकिएको छ र बाँकी काम गरी सके पछि सकेपछि सहरी विकास मन्त्रालयले नै उक्त खण्ड पनि महानरलाई हस्तान्तरण गर्ने प्राधिकरणले जनाएको छ ।
रानी पोखरीको क्षेत्रफल ३० हजार ७ सय ८ स्कवायार फैलिएको छ । पोखरीको गहिराई साढे ५ फिट छ ।
उपभोक्ता समितिबाट भित्री खण्डमा भएको काममा ८ करोड १५ लाख रुपैयाँ, भित्री भागमा रहेको बालगोपालेश्वर मन्दिर र पुलको खण्ड निर्माण १७ करोड ४५ लाख ३७ हजार रुपैयाँ गरी जम्मा २६ करोड रुपैयाँमा भित्री खण्डको काम सम्पन्न भएको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले रानी पोखरी पुनर्निर्माणको काम महानगरपालिका आफैले गर्ने भनेर आटेको तर, झमेलाले गर्दा प्राधिकरणलाई दिएकाे बताए ।
यस्तै कार्यक्रममाले स्थानीय सरकार आइसकेपछि महानगरपालिका भित्रका सबै वडामा विकास भएको तर प्रष्ट रूपमा जनतालाई देखाउन नसकेको बताइन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.