२०७८ माघ १२ गते १३:५८ विकासन्युज
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो ।
यससँगै नवनियुक्त सीईओ पाण्डेले माघ १२ गतेदेखि बैंकको सीईओ पदको कार्यभार सम्हालेका छन् ।
यसअघि बैंकको सीईओमा भुवनकुमार दहाल थिए । उनको कार्यकाल माघ ११ गतेबाट सकिएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.