मोरङ व्यापार संघकाे अध्यक्षमा नवीन रिजालसहित पदाधिकारीहरु निर्विरोध निर्वाचित

  २०७८ माघ १४ गते ११:४७     विकासन्युज

काठमाडाैं । मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल चयन भएका छन् । बसेको कार्यसमितिको बैठकबाट रिजालकाे अध्यक्षतामा ३३ औं कार्यसमितिका पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन् ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार साह, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा अनिल सारडा, सचिवमा सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल चयन भएका छन् ।

बिहीबारकै बैठकबाट अध्यक्ष रिजालले कार्यकारी सदस्यमा अमित राठी र विवेक अग्रवाललाई मनोनित गरेका छन् । वस्तुगत तर्फबाट अरविन्द अग्रवाल र गोपाल अग्रवाल कार्यकारी सदस्य भएका छन् । यस्तै बन्दना जैन र ओमप्रकास शर्मालाई आमन्त्रित सदस्य बनाइएको छ ।

यसअघि उद्योगतर्फबाट आठ र वाणिज्यबाट आठ जना कार्यकारी सदस्य सर्वसम्मत चयन भइसकेका थिए । तिनीहरूमध्येबाटै कार्यसमितिका पदाधिकारीहरू चयन भएका हुन् ।

कार्यसमिति सदस्यमा अमित सारडा, विनित सिघानियाँ, मनिष मारू, श्याम राठी, सुशील सुराना, आशिष जाजू, दिपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी र शाखाबाट चन्द्र भट्टराई छन् । संघको विधान अनुसार निवर्तमान अध्यक्ष कार्यसमितिको सल्लाहकार प्रकाश मुन्दडा भएका छन् ।

नवनिर्वाचित अध्यक्ष रिजालले आफ्नो कार्यकालमा सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर व्याजदर, चर्को विद्युत महशुल, ढुवानी खर्च आदि न्यूनिकरण गर्न पहल गर्ने तथा अस्वभाविक नीतिहरुको निराकरणका लागि पहल/पैरवी गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.