२०७८ माघ २० गते १६:३८ विकासन्युज
काठमाडौं । कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित पक्राउ गरेको हो ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी अनुसार साह जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
सेवाग्राहीले दिएको सूचनाको आधारममा घुससहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.